मोरङको सुन्दरहरैँचामा दिदी–बहिनीको शव फेला परेपछि फरार रहेकी आमा पक्राउ

इटहरी : मोरङको सुन्दरहरैँचामा दिदी–बहिनीको शव फेला परेको घटनामा आमालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शनिबार सुन्दरहरैँचास्थित केरा बगानभित्र दिदी–बहिनीको शव फेला परेको थियो । धनकुटाको पाख्रीबास नगरपालिका–५ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीका नाबालिका छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की शनिबार दिउँसो ४ः३० बजेतिर मृत फेला परेका थिए ।

सो घटनामा मृतक नाबालिकाकी आमा २९ वर्षीया अस्मिता न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि तत्काल फरार भएकी उनलाई बुधबार (आज) बिहान ६ बजेतिर झापाको बिर्तामोडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘बिर्तामोडबाट पक्राउ गरेर बेलबारी ल्याएका छौँ,’ जिल्ला प्रहरी कार्यालय मोरङका एक प्रहरी अधिकृतले फोन सम्पर्कमा टाकुरा न्यूजसँग भने, ‘उक्त घटनामा आमाको संलग्नता भएको हुनसक्ने आशंका भएकाले पक्राउ गरिएको हो ।’

पक्राउ परेकी अस्मितालाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार दिदी आयिकाले बहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव भेटिएको थियो ।

डीएसपी बस्नेतले भने, ‘दिदीले बहिनीलाई अँगालो मारेको अवस्थामा शव भेटिएको हो । घटनास्थलको प्रकृति हेर्दा विष खुवाएर हत्या गरेजस्तो देखिन्छ ।’

प्रहरीका अनुसार बालिकाको शव फेला परेको स्थाननजिकै कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो । केराघारीभित्र दुई बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

नाबालिकाहरूको शव शनिबार नै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि लगिएको छ ।

छोरीहरूलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने भएकाले प्रहरीले खोजी तीव्र पारेको थियो । पक्राउ परेकी अस्मितामाथि प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । पोस्टमार्टम रिपोर्टपछि घटनाको वास्तविकता पत्ता लाग्ने बताइएको छ ।

पक्राउ परेकी अस्मितामाथि आजै जिल्ला अदालत मोरङबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।-टाकुरा न्यूजबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖