तीज पर्वले सबै समुदायलाई एकताको सूत्रमा बाँधेको छ :मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर भाषा, कला र संस्कृतिमा धनी महानगरपालिका भएको बताउनुभएको छ ।

तीज पर्वका अवसरमा महानगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगर क्षेत्रभित्र विभिन्न १२२ जातजातिको बसोबास रहेको बताउनुभयो । १२२ वटै जातिको आ–आफ्नै भाषा, कला र संस्कृति भएको बताउँदै मेयर कोइरालाले भन्नुभयो, ‘ती सबै जातजातिलाई सांस्कृतिक रुपमा तीज पर्वले एकताबद्ध बनाएको छ ।’

मेयर कोइरालाले महानगरपालिकाले सबै भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने बताउनुभयो । तीजलाई खर्चिलो र भड्किलो हुनबाट जोगाउनुपर्ने चुनौतीसमेत देखिएको उहाँको भनाइ थियो । मेयर कोइरालाले भन्नुभयो, ‘सामाजिक सञ्जालहरुमा विभिन्न टिकाटिप्पणीहरु आउने गरेको छ । त्यस्ता टिकाटिप्पणी नआउने गरी सभ्य र मर्यादित रुपमा मनाउन सबैलाई आग्रह पनि गर्दछु ।’

उपमेयर शिल्पा निराला कार्कीले महानगरले अघिल्लो वर्ष पनि तीज विशेष कार्यक्रम गरेको स्मरण गर्दै यस्ता कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध बलियो हुने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले कर्मचारीहरुलाई कार्यसम्पादनमा थप हौसला र ऊर्जा प्राप्त हुने विचार व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापा, वातावरण शाखा प्रमुख राकेश ठाकुरलगायतसमेतको उपस्थितिमा भएको कार्यक्रममा उपमेयर कार्कीले तीज एउटा निश्चित समुदाय र महिलाको मात्रै हो भन्ने भाष्य चिरिँदै गएको बताउनुभयो । उहाँले सबै समुदायले साझा पर्वका रुपमा तीजलाई ग्रहण गरिसकेको दाबी गर्नुभयो । कार्कीले तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रहसमेत गर्नुभयो ।

कानुन शाखाकी प्रमुख शारदा थपलियाले सञ्चालन गरेको कार्यक्रममा उपस्थिति सहभागीहरुले तीजसँग सम्बन्धित विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए । सो अवसरमा महानगरका महिला जनप्रतिनिधि, महानगरअन्तर्गत सबै कार्यालयका महिला कर्मचारी, महिला स्वयंसेविका, महिला नगर प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।