नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावी दौडानमा बराल
धनकुटा । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति निर्वाचनको पूर्वसन्ध्यामा लोकतान्त्रिक समूहका अध्यक्ष उम्मेदवार बनेका सुवासचन्द्र बरालले चुनावी दौडानमा लागेका छन् । लोकतान्त्रिक समूहबाट साझा उम्मेदवार बनेका बराल टिमसहित अन्य देश दौडानमा लागेका हुन् ।
चितवन, हेटौंडा, वीरगञ्ज, जनकपुर तथा विराटनगर हुँदै झापासम्म ईञ्जिनियरमाझ अन्र्तक्रिया गरेका बराल अहिले सुदुर पश्चिम तथा कर्णाली पुगेका छन् । उनि अन्र्तक्रिया कार्यक्रमका साथ अगाडी बढेका हुन् । मंगलबार धनगढी पुगेका बराल एक अन्तरक्रिया कार्यक्रममा ईञ्जिनियरहरुको बाक्लो सहभागीता थियो । स्थानीय तहको प्रमुख प्रशासकीयमा ईञ्जिनियर आफैं कुशल ईञ्जिनियर बराल आफू मात्र नभएर अब समग्र ईञ्जिनियरहरुको समग्र वृद्धि विकासको मुद्दत लिएर अध्यक्षको पद लिएर मैदानमा उत्रेका छन् ।
‘ईन्जिनियरिङ समुदायको समुन्नति दशकको दृष्टिकोण’ नाराका साथ लोकतान्त्रिक समूहको नेतृत्व गरेर देश दौडाहामा उत्रिएका हुन् । बरालले देशमा बढिरहेको ईञ्जिनियरिङ जनशक्तिलाई राज्यले थप बढी जिम्मेवारी र अवसर प्रदान गर्नुपर्ने मुद्दा समेत उठाएका छन् । देशैभर छरिएर रहेका स्थानीय तहले विकास निर्माणमा महत्वपूर्ण काम गर्ने भएकाले ईञ्जिनियरलाई समेत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्ने गरी व्यवस्था गर्न पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
साथै प्रदेश समितिलाई बढी अधिकार दिने र स्थानीय तहसम्मै ईञ्जिनियर प्रशिक्षण अघि बढाउने समेत बरालको योजना छ । यसले प्रदेश र स्थानीय तहसम्मै नेतृत्व विकास र अवसर दिलाउन सकिने उनको विश्वास छ । राज्यका विकास योजनामा ईञ्जिनियरिङ सकेकालाई देशैभर तत्काल ईञ्जिनियर उत्पादन भैरहेको छ । तर, कतिपयले रोजगारीका अवसरबाट बञ्चित हुनुपरेको उनको भनाई रहेको थियो । अध्यक्ष उम्मेदवार बराल नयाँ ईञ्जिनियरहरुलाई सरकारका विकास योजनाहरुमा संलग्न गराएर रोजगारी र क्षमता अभिवृद्धिमा सघाउने योजनाका साथ मैदानमा छन् ।
‘भर्खरै ईञ्जिनियरिङ सकेर बसेकालाई सरकारका विकास योजनामा संलग्न गराउन सकिने समेत उनले बताए । यसले एकातिर ईञ्जिनियरहरुको क्षमता र रोजगारीको अवसर बढ् भने राज्यलाई पनि सहज र सुलभ जनशक्तिको प्राप्ति आफू निर्वाचित भएपछि दृढताका साथ लैजाने बराल बताए ।
बरालले स्थानीय तथा प्रदेश तहका विकास योजनाको वृद्धि तर इञ्जिनियरहरुको कामको चापलाईसमेत सम्बोधन हुने गरी दुवै तहमा ईञ्जिनियर जनशक्ति वृद्धिका लागि राज्यका तहहरुसँग पहल गर्ने योजना समेत लिएका छन् । ‘अहिले प्रदेश र स्थानीय तहमा विकासका कामको चाप रहेको तर एकातिर ईञ्जिनियरको अभाव छभने अर्का तिर दक्षले रोजगारी नपाइरहेको अवस्था छ । यो अब हट्नुपर्छ ।
सिभिल ईञ्जिनियरिङका क्षेत्रमा दुई दशक लामो अनुभव संगालेका बरालसँग थालेका काममा ९९ प्रतिशत सफलता मिलेको अनुभव छ । र, यसपाली नेपाल ईञ्जिनियरिङ एसोसिएसनको कार्य समितिका लागि ३४ औं केन्द्रीय कार्यकारिणी समितिको नेतृत्वका लागि प्रष्ट र प्रभावकारी योजना, सक्षम टिम उर्जासहित चुनावी मैदानमा उत्रिएका बराल हुन् ।

