इञ्जिनियरहरुका लागि स्टाफ कलेज बनाउन पहल गर्छुः सुवासचन्द्र बराल

धनकुटा । नेपाल इञ्जिनियर्स एसोसियसनको ३४ ओैं केन्द्रीय तथा लुम्बिनी प्रदेश तेस्रो कार्यकारिणी समितिको निर्वाचनका लागि
अध्यक्ष उम्मेदवार सुवासचन्द्र बराल समूहले नेपालगञ्ज र दाङको घोरहीमा इञ्जिनियरहरुसँग अन्र्तक्रिया गरेको छ ।

दुवै ठाउँमा भएको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्ष उम्मेदवार बरालले देशको विकासमा इञ्जिनियरहरुको योगदान बढी भए पनि नीति निर्माणमा भूमिका कम भएकाले हस्तक्षेपकारी प्रतिनिधित्व आवश्यक रहेको बताए ।

उनले आफू निर्वाचित भएमा नीति निर्माण तहमा इञ्जिनियरहरुको भूमिका बलियो बनाउन पहल गर्ने घोषणा गरे । उनले स्वरोजगार हुन चाहनेका लागि समेत क्षमता अभिवृद्धिका कार्यक्रम एसोसिएसनले सञ्चालन गर्ने घोषणा गरे ।

इञ्जिनियरहरुको क्षमता र दक्षता अभिवृद्धिबारे कम सोचिएको भन्दै उनले इञ्जिनियरिङ स्टाफ कलेजको आवश्यकता रहेको र यसका लागि आवाज उठाउने समेत प्रतिबद्धता जनाए ।

पढेर पनि रोजगारी नपाएका कारण इञ्जिनियरहरू विदेश पलायन बढिरहेको भन्दै उनले यसलाई रोक्नका लागि इञ्जिनियरिङ अध्ययन सक्नासाथ राज्यको विकास निर्माणमा संल्गन बनाउन समेत पहल गर्ने बताए ।

घोरहीमा भएको कार्यक्रममा वरिष्ठ इञ्जिनियर पारस खड्का, सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालका केन्द्रीय अध्यक्ष लक्ष्मण केसी, लुम्बिनी प्रदेश अध्यक्ष यादवलगायतले बोलेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।