मानव बेचबिखनका विषयमा बालबालिकाहरूसित अन्तरक्रिया सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १० को आयोजनामा मानव बेचबिखनका विषयमा बालबालिकाहरूसित अन्तरक्रिया सम्पन्न भएको छ ।

मानव बेचबिखनविरुद्धको अठारौं अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर वडा कार्यालयले विद्यार्थी बालबालिकाहरूसित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । ‘तीनै तहको सरकारको प्रतिबद्धता मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ नाराका साथ आयोजित कार्यक्रममा वडाध्यक्ष अर्जुन गिरीले मानव बेचबिखन विश्वमै चुनौतीका रुपमा देखा परिरहेको बताउनुभयो ।

उहाँले नेपालमा पछिल्लो समय मानव बेचबिखनका घटना बढ्दै गएको बताउनुभयो । गरिबी, बेरोजगारी समस्या, पारिवारिक कलहलगायतका कारण मानव बेचबिखन बढेको उहाँको निष्कर्ष थियो । मानव तस्करहरूले विभिन्न प्रलोभनमा पारेर मानव बेचबिखन गरिरहेको उहाँले बताउनुभयो ।

सो अवसरमा फरेन नेपालका सचिव अधिकारकर्मी खिला निरौलाले मानव बेचबिखनविरुद्ध विद्यार्थी तथा बालबालिकाहरू सचेत हुनुपर्नेमा जोड दिनुभयो । छिट्टै प्रलोभनमा पर्ने भएका कारण बढी मात्रामा बालबालिकाहरू मानव बेचबिखनको शिकार हुने गरेको उहाँको भनाइ थियो । बेचबिखनबाट जोगिन सचेत हुनुपर्नेमा निरौलाको जोड थियो ।

वडासचिव चन्द्रानन्द यादवले यस्ता कार्यक्रमले बालबालिकाहरूमा जनचेतना जागृत भई बेचबिखनबाट जोगिने दाबी गर्नुभयो । उहाँले दिवसका दिन मात्रै नभएर अन्य समयमा पनि विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको औंल्याउनुभयो ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖