झापामा मोटरसाइकल दुर्घटनाका घाइतेमध्ये एकजनाको उपचारका क्रममा मृत्यु
झापा । झापाको बुट्टावारीमा भएको मोटरसाइकल दुर्घटनाका घाइतेमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
घाइते मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका वडा नम्बर ५ बस्ने २४ वर्षीय दिवाङकर राईको उपचारका क्रममा आज बिहान बीएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


