सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो

सञ्जय मिश्रा, रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्यु बारे दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको शव पोष्टमार्टमका लागि पठाईएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडामा शुक्रवार राती बसेको दुई पक्षिय बैठकमा पीडित परिवारलाई राहत स्वरूप तत्काल दुईलाख रुपैयाँ सहयोग गर्ने, घटनाको छानबिन गर्न सर्वदलीय कमिटी गठन गर्ने, अस्पतालमा तोडफोड गर्ने लाई कार्वाही गर्ने निर्णय भएपछि सहमति भएको थियो । सहमति लगत्तै गएराती ११ बजे शिवनगर स्थित बाटो खुलाएर मृतक सुत्केरी महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।

दुईपक्षीय बैठकमा गरुडाका मेयर कन्थमणि जैसवाल, मेयर प्रत्याशीहरु सुनिल कुमार यादव, ब्रिज किशोर यादव, अनिल कुमार यादव, जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरी प्रमुख एसपी बिक्रम हुमागाईं, सहायक सिडिओ नरेश कुमार यादव, वडा अध्यक्ष रामबाबु चौधरी लगायत पीडित परिवारका प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकमा मेयर जैसवालले नगरपालिका बाट तत्काल दुईलाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। 

 गरुडा ५ शिवनगर बस्ने अरबिन्द साहको श्रीमती बर्ष २५ की रमिता देवीलाई सुत्केरी ब्यथा लागी सुत्केरी गराउन उक्त स्वास्थ्य चौकीमा बिहीवार साँझ ल्याएकोमा नर्मल सुत्केरी भएको थियो ।

सुत्केरीपछि बढी रक्तश्राव भएको कारण सुत्केरी महिलालाई थप उपचारको लागी आज बिहान ६ बजे बिरगंज तर्फ रेफर गरेकोमा बिरगंजस्थित ईन्डो नेपाल अस्पतालमा बिरामीको उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको थियो।

चिकित्सकको लापरवाहीले अत्याधिक रक्तस्राव भएर  उक्त महिलाको मृत्यु भएको भन्दै पीडित परिवार र उनका आफन्तहरुले शुक्रवार दिन भरी स्वास्थ्य चौकी शिवनगर अगाडि मृतक महिलाको शव राखेर दोशी चिकित्सकलाई कार्वाहीको माग गर्दै प्रदर्सन गरेका थिए।

चिकित्सकले सावधानी नअपनाएको कारण अत्याधिक मात्रामा शरीरबाट रगत बगेर  महिलाको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले  चिकित्सकलाई कार्यवाही तथा उचित क्षतिपुर्तिको माग गर्दै मृतकको शव शिवनगर चौकमा शुक्रवार दिउँसो बाटो अवरुद्ध गरेका थिए।

कुनै अप्रिय नहोस भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको सैयौं जनशक्ती परिचालन गरिएको थियो। खटिएका प्रहरी जनशक्ती बाटो खुलाउन लागेपछि केही तत्वहरु शिवनगर स्थित स्वास्थ केन्द्रमा प्रवेश गरी स्टील दराज लगायत केही उपकरण तथा कागजातहरु बाहिर निकालेर आगजनी गरेका थिए।

आगजनी बाट झण्डै १० लाख बराबरको क्षती भएको नगरपालिकाले जनाएको छ। आगजनी लगत्तै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।  स्वास्थ्य चौकीका सिनियर अहेव रामनरेश साहले सुत्केरी गराएका थिए ।

उनले छोरी जन्मिएकी थिइन् । सुत्केरी लगत्तै रक्तस्राव हुन थालेपछि महिलालाई थप उपचारको लागि बिहान वीरगन्ज रेफर गरिएको थियो । एक महिना अघि मात्र  उक्त स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा बच्चा जन्माएकी अर्की एक सुत्केरी महिलाको अत्यधिक रक्तस्रावको कारण ज्यान गएको थियो ।

स्वास्थ्य चौकीमा एम बिबिए एस डाक्टरको व्यवस्थापन नगरी अहेव र अनमी ले मात्र सुत्केरी गराउने हुँदा यस्ता दुःखद घटना भईरहेको स्थानीयले आरोप लगाएका छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।