नदीको सतह बढेसँगै ‘हाईअलर्ट’मा रहन प्रमुख दाहालको आग्रह

चितवन, असोज १२ गते । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले केही दिनदेखि भइरहेको वर्षाले नदीको सतह क्रम बढ्दै गइरहेकाले ‘हाईअलर्ट’मा रहन नारायणी, राप्ती र नदी क्षेत्रमा बसोबास गर्ने महानगरवासीलाई आग्रह गर्नुभएको छ ।

वर्षासँगै बाढी, पहिरो, डुबान हुने भएकोले सम्बन्धित सबै निकायहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख दाहालले सम्बन्धित वडा कार्यालयहरूमार्फत बसोबास, खानपिन तथा स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको बताउनुभएको छ ।

शनिबार विहान भरतपुर महानगरका तटिय क्षेत्रमा पर्ने वडाहरुको निरीक्षण पश्चात प्रमुख दाहालको अध्यक्षतामा जिल्लास्थित सुरक्षा प्रमुख तथा सरोकारवालाको बैठक बसी आपतकालिन उद्धार तथा राहतका लागि उपसचिव उपेन्द्रराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय सूचना संकलन तथा उद्धार सेल गठन गरिएको छ ।

अविरल वर्षाको कारण महानगरपालिकाको नारायणी र राप्ती नदीका तटीय वडाहरु (वडा नं. १,३,१३,१६,१७,२६,२७,२८ र २९) मा १३५ घरका १२१ जना मानिस र २४ वटा पशु चौपायको सकुशल उद्धार गरिएको जनाएको छ ।

वर्षाले मानव वस्तीमा क्षति पुग्नसक्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा बसोबास गर्नुहुन र तत्काल उद्धार गर्न परेमा नजिकको प्रहरी चौकी वा जनप्रतिनिधि वा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रमार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ ।

साथै विपद्बाट प्रभावितहरूलाई घुम्ती स्वास्थ्य टोलीमार्फत निःशुल्क स्वास्थ्य सेवा, शारीरिकरूपमा असक्त रहेका, सुत्केरी, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने महानगरले जनाएको छ ।

स्वास्थ्य सेवाको लागि जनस्वास्थ्य प्रमुख दीपक सुवेदी मोबाईल नम्बर ९८४४२१०८५९, एम्बुलेन्स सेवाका लागि जगतपुर स्वास्थ्य चौकी ९८४४९६७२८८, भरतपुर स्वास्थ्य चौकी ९८४५६५००० र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र ९८४५०५११२७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।