केशलियाको कटान रोक्न महानगरको सक्रियता,अस्थायी तटबन्धन निर्माण गर्न थालियो

विराटनगर । केशलिया खोलाको कटानबाट विराटनगर–१२ स्थित सम्पन्न बस्ती जोगाउन विराटनगर महानगरपालिकाले अस्थायी तटबन्ध निर्माण सुरु गरेको छ ।

महानगरको जेसीवी प्रयोग गरेर नगर प्रहरी र सशस्त्र प्रहरीले बोरामा माटो हालेर तटबन्ध निर्माण गरिरहेका छन् । मौसम विभागले बुधबार र बिहीबार भारि वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेपछि केशलियाको बाढी बस्तीमा नपसोस् भनेर तत्कालका लागि अस्थायी तटबन्ध निर्माण गरिएको हो । केही दिनअघि आएको अविरल वर्षाका कारण केशलियाको बाढी विराटनगर–१२ स्थित सम्पन्न बस्तीमा प्रवेश गरेको थियो ।

कोशी प्रदेशको खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय मन्त्रालयले खोलामा स्थायी तटबन्ध निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले लागत इस्टिमेट तयार पार्न जल तथा सिंचाइ विकास डिभिजन कार्यालय मोरङका इन्जिजियर अनिलकुमार महतोलाई खटाइसकेको छ ।

केशलियाको बाढीका कारण प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्रलगायतका क्षेत्र जलमग्न भएको थियो । महानगर आवास योजनाअन्तर्गत विपन्नका लागि सो स्थानमा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।