बेलबारीमा दुर्घटना हुँदा १ जनाको मृत्यु
मोरंग । मोरङको बेलबारी ३ स्थित पुरानो बेलबारी बेतना सिमसार छेउमा मंगलबार साँझ बस र बोलेरो ठोक्किँदा बोलेरो चालक बेलबारी ८ बस्ने कृष्ण थापाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १४९० नम्बरको दिदीभाई बस र प्रदेश १- ०२-००१ ज ४२७७ नम्बरको पश्मिबाट पुर्बतर्फ आउँदै गरेको बोलेरो एकआपसमा ठोक्किदा दुर्घटना भएपछि न्युरो अस्पतालमा उपचारको क्रममा अन्दाजी ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको हो।
दुर्घटनामा बोलेरो पुर्णरुपमा क्षतिग्रस्त भएको छ । दुर्घटनाको थप बिवरण आउँन बाँकी छ।-सुन्दरहरैंचा अपडेट


