मेयर कोइरालाद्वारा फुटसल प्रतियोगिताको उद्घाटन

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

बिहीबार प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । दोस्रो इन्टर एमएमएएमसी दशैं कप फेस्टिबल प्रतियोगिताको मेयर कोइरालाले बल हानेर उद्घाटन गर्नुभएको हो ।

जम्बोरी नेक्सस लाउञ्चको खेल मैदानमा शनिबारसम्म प्रतियोगिता हुने भएको आयोजक स्ववियूका सभापति जसवन्त पौडेलले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा पुरुषतर्फ ४ वटा संकायबाट १४ वटा टिम र महिलातर्फ ८ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले २१ हजार रुपैयाँ नगद र दोस्रो हुने टिमले ११ हजार रुपैयाँ नगद पुरस्कार साथै अन्य आकर्षक उपहारहरु पाउने सभापति पौडेलले बताउनुभयो ।

मेयर कोइरालाले खेलकुदले मानिसको शारीरिक र मानसिक विकाससँगै अनुशासन सिकाउने बताउनुभयो । उहाँले खेलका माध्यमबाट आणविक र आर्थिक रुपमा जतिसुकै शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सकिने विचार व्यक्त गर्नुभयो । प्रतियोगिताले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने र आपसी भाइचारा अभिवृद्धि गर्ने सभापति पौडेलको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।