माल्दिभ्सलाई १३ गोलले हराउँदै भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्स विरुद्ध सानदार जित निकाल्दै भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहीबार भएकाे खेलमा माल्दिभ्सलाई १३-० गाेल अन्तरले पराजित गर्दै भुटान सेमिफाइनलमा पुगेकाे हाे । भुटानको जितमा देकी लाजोमले डबल ह्याट्रिक गरिन् ।

आजकाे जितसँगै ३ खेलबाट ७ अंकको जोडेर भुटान समूह ‘बी’ काे शीर्ष स्थानमा उक्लिएकाे छ । पहिलाे खेलमा नेपालसँग गाेलरहित बराबरी खेलेकाे भुटानले दाेस्राे खेलमा श्रीलंकालाई ४-१ ले हराएको थियो ।

आजै हुने घरेलु टोली नेपाल र श्रीलंकाबीचको खेलबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगाे लाग्नेछ । नेपाल र श्रीलंकाबीचकाे खेल साँझ साढे ५ बजे दशरथ रंगशालामै हुनेछ । समूह ‘बी’ मा नेपालकाे २ खेलबाट ४ अंक र श्रीलंकाको २ खेलबाट ३ अंक छ ।

पहिलाे खेलमा भुटानसँग बराबरी खेलेकाे नेपालले दाेस्राे खेलमा माल्दिभ्सलाई ११-० ले हराएकाे थियाे । समूह ‘ए’ बाट भारत र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।