साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई ६ गोलले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले श्रीलंकालाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

योसँगै नेपालले समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । अब नेपाल सेमिफाइनलमा भारतसँग भिड्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि रेखा पौडेलले दुई गोल गरेकी छन् ।

सविता रानामगर र सावित्रा भण्डारीले समान एक गोल थपे । खेलको अतिरिक्त समयमा, ९३ औं मिनेटमा रस्मी कुमारी घिसिङले गोल गर्दै नेपालको जितलाई ६-० को फराकिलो अन्तरमा पुर्‍याइन् ।

श्रीलंकालाई हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेको छ भने अब सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ बाट बंगलादेश विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। अब सेमिफाइनल खेल आइतबार हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।