विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु १९ राष्ट्रिय क्रिकेटमा सूदुरपश्चिम र मधेश प्रदेशलाई सपलता

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूदुरपश्चिम र मधेश प्रदेशले विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३० दशमलव ५ बलमा सवै विकेट गुमाई ७४ रनको झिनो योगफल बनायो । कर्णालीका कप्तान मनिष थापाले सर्वाधिक ४२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् । सूदुरका नरेन साउदले सर्वाधिक ५ विकेट विकेट लिए । उनले ९ ओभरमा ४ मेडन ओभर गर्दै ९ रन मात्र दिए । साउद खेलको प्लेयर अफ म्याच समेत भए ।

७५ रनको झिनो लक्ष्य पाएको सूद्रले १८ दशमलव १ बलमा ५ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो । सूदुरका नरेन भट्टले २८ रन बनाउँदा यूवराज खत्रीले २३रन जोडे कर्णालीका यूनिष ठकुरीले सर्वाधिक ३ १ विकेट लिए । सूदुरको २ खेलमा २ अंक छ भने कर्णालीले खेलेको दुवै खेलमा पराजित भएसँगै अंक विहिन छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा मधेशले वागमती प्रदेशलाई ४६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरको खेलमा ४६ दशमलव ३ बलमा सबै विकेटको क्षतिमा १ सय ४२ रन बनायो । मधेशका इमरान शेखले सर्वाधिक ५४ रन बनाए । वागमतीका दयानन्द मण्डलले सर्वाधिक ३ विकेट विकेट लिए ।

१ सय ४३ रनको विजयी लक्ष्य पाएको वागमती ३९ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो । वागमतीमा रिङजिन लामाले सर्वाधिक नटआउट ३५ रन बनाए । मधेशका राजेश यादवले ३ विकेट लिँदा अफ्रुदिन रैनले पनि ३ विकेट लिए । प्लेयर अफ द म्याच मधेशका इमरान शेख भए । मधेशको ३ खेल २ खेल जित्दै ४ अंकका साथ दोस्रो स्थान छ भने वागमतीको २ खेलमा १ खेलमा जित हात पार्दै पाँचौ स्थानमा रहेको छ ।

मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्विनी र कर्णाली प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र गण्डकी प्रदेशबीच खेल हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।