एनईएससीको आयोजनामा भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न

विराटनगर । नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) को आयोजनामा अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा दोस्रो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।

प्रतियोगितामा फिनल्याण्डले उपाधि जितेको छ । फिनल्याण्डले उपाधिसहित नगद ३ लाख ९० हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । त्यस्तै द्वितीय हुने टिम जर्मनीलाई १ लाख ९० हजारका साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा आयोजक एनईएससी तेस्रो हुँदा स्वीजरल्याण्ड चौथो र एनईएससी वी पाँचौं हुन सफल भएका थिए ।

आयोजक टिमका क्याप्टेन ख्याम विक र खेलाडी आङकामी लामा घाइते भएका कारण उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै पनि अपेक्षाअनुसारको नतिजा निकाल्न नसकिएको एनईएससीका अध्यक्ष दिलकुमार घमालले बताउनुभयो । विजेता टिम र खेलाडीहरुलाई अष्ट्रियाका राजदूत भरतकुमार रेग्मी, अध्यक्ष दिलकुमार घमाल, सल्लाहकार विकास कार्की, डा. किशोर कमल, एनआरएनए अष्ट्रियाकी महिला संयोजक निरु कार्कीलगायतले नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

अध्यक्ष घमालले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथिका साथै अन्य अतिथिहरु, खेलाडी, सांस्कृतिक टोली, सञ्चारकर्मी, स्थानीयवासी, समितिका पदाधिकारी र सदस्यसहित सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले आफूले सोचेभन्दा प्रतियोगिता धेरै नै भव्य भएको प्रतिक्रिया दिनुभयो । आगामी दिनमा यस्ता प्रतियोगिता गर्न थप हौसला प्राप्त भएको उहाँको भनाइ थियो । विभिन्न नेपाली गीतमा कलाकारहरुले प्रस्तुत गरेको नृत्यले प्रतियोगितालाई अझै आकर्षक बनाएको थियो ।

सन् २०२० मा स्थापित संघले युरोपमा नेपालको राष्ट्रिय खेल भलिबल र नेपाली भाषा, कला र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ स्थापित एनईएससीले यसअघि पनि अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरेको थियो । त्यस्तै युरोपका विभिन्न स्थानमा भएका भलिबल प्रतियोगिताहरूमा समेत एनईएससीले बलियो सहभागिता जनाउँदै आएको छ ।

‘आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न यस्ता प्रतियोगिताले ठूलो भूमिका खेल्ने गर्दछ,’ अध्यक्ष घमालले भन्नुभयो, ‘हामीले युरोपमा आफ्नो व्यवसायसँगै भलिबल खेल र नेपाली संस्कृतिको प्रवद्र्धनमा जोड दिँदै आएका छौं ।’

प्रतियोगिता ऐतिहासिक र अविस्मरणीय भएको सल्लाहकार विकास कार्कीको भनाइ छ । प्रतियोगिता सम्पन्नपछि स्थानीय जयपुर रेष्टुरेन्टमा सांस्कृतिक प्रस्तुतिसहितको रात्रीभोजको आयोजना गरिएको थियो । त्यस्तै दोहोरी साँझसमेत भएको थियो । सांस्कृतिक प्रस्तुतिसहितको रात्रीभोजमा प्रतियोगिताका प्रमुख अतिथि राजदूत रेग्मीका साथै सबै देशका खेलाडी, कलाकार, आयोजक समितिका सल्लाहकार, पदाधिकारी, सदस्यलगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।