विराटनगरमा जारी वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेटमा लुम्विनी र गण्डकी प्रदेश विजयी

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र गण्डकी प्रदेशले विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत बुधबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा लुम्विनीले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सवै विकेट गुमाई ९९ रनको झिनो योगफल बनायो । कर्णालीका अरविन्द घर्तीले २० रन बनाउँनु भुपेन्द्र शाहीले १९ रनको योगदान दिए । लुम्विन्ीका सन्तोष यादवले सर्वाधिक ६ विकेट विकेट लिए । उनले १० ओभरमा ३ मेडन ओभर गर्दै १९ रन मात्र दिए । यादव खेलको प्लेयर अफ म्याच घोषित भए ।

१ सय रनको झिनो लक्ष्य पाएको लुम्विनीले २६ दशमलव ४ बलमा ४ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो । लुम्विनीका दर्ष सोनारले २० रन बनाउँदा समिचर असिसलले पनि नटआउट २० रन जोडे । कर्णालीका यूनिष ठकुरीले २ विकेट लिँदा अनुज चनराले पनि २ विकेट दिए । लुम्विनीले ३ खेलमा ३ मा जित हात पार्दै शिर्ष स्थानमा उक्लिएको छ भने कर्णालीले खेलेको २ खेलमा पराजित हुँदै पुछारमा रहेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा गण्डकीले घरेलु टोली कोशी प्रदेशलाई १ सय १४ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गु्माई २ सय ८ रन बनायो । गण्डकीका सिब्रिन श्रेष्ठले ५३ रन बनाउँ अर्जुन कुमालले ४६ रन बनाए । कोशीका रोशन साहले ४ विकेट लिँदा विपिन महतोले ३ विकेट लिए ।

२ सय ९ रनको विजयी लक्ष्य पाएको कोशीले ३३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्रै बनाउन सक्यो । कोशीका सोनू अन्सारी सर्वाधिक ३४ रन बनाए । गण्डकीका अर्जुन कुमालले ४ विकेट लिँदा अपराजित पौडेलले ३ विकेट लिए । प्लेयर अफ द म्याच गण्डकीका सिब्रिन श्रेष्ठ भए । गण्डकीले खेलेको ३ खेल २ खेल जित्दै ४ अंकका साथ दोस्रो स्थान उक्लिएको छ भने कोशीले खेलेको ३ खेलमा जित विहिन हुँदै छैठौ स्थानमा रहेको छ ।

विशिबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा गण्डकी र सूदुरपश्चिम प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा वागमती र लुम्विनी प्रदेशबीच खेल हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।