उपविजेतामा सीमित भएपछि मुख्य प्रशिक्षक तामाङले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका मूख्य प्रशिक्षक राजेन्द्र तामाङले पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टिम बंगलादेशसँग पराजित भएपछि तामाङले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

तामाङले अब आफू राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारीमा नरहने प्रष्ट पारेका छन् । उनले अब आफू क्लबतिर लाग्ने योजनामा रहेको बताएका छन् । हिजोको फाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदै छैठौंपटक उपविजेतामै सीमित बनेको थियो ।

फाइनल खेलमा तामाङको भूमिकालाई लिएर व्यापक प्रश्न उठेका छन् । खासगरी बंगलादेशविरुद्ध बराबरी गोल फर्काएकी अमिषा कार्कीलाई बिना कारण मैदानबाट निकालेर अनिता बस्नेतलाई खेलाएको भन्दै दर्शकले आक्रोश पोखेका छन् । बंगलादेशले गरेको पहिलो गोललगत्तै अमिषाले बराबरी गोल फर्काएकी थिईन् । तर, लगत्तै उनलाई बाहिर पठाएर अनितालाई ल्याईएको थियो । त्यसपछि बंगलादेशले अर्को गोल गर्यो भने नेपाल पराजित भयो ।

नेपाली महिला टिमले हारेको यो १२औँ फाइनल हो । साफमा मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौँपटक हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।