विराटनगरमा जारी वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटमा लुम्विनी अपराजित हुँदै शिर्ष स्थानमा अर्को खेलमा सूदुरपश्चिम पनि विजयी

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र सूदुरपश्चि प्रदेशले विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत विहिबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरको खेलमा ३६ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय २ रनको झिनो योगफल बनायो । गण्डकीका कप्तान अर्जुन कुमालले ३५ रन बनाउँदा सिब्रिन श्रेष्ठले २५ रनको योगदान दिए । सूदुरका प्लेयर अफ द म्याच सचिन भट्टले ५ विकेट लिए । उनले ८ दशमलव ५ बलमा ३ मेडन राख्दै १३ रन मात्र खर्चिएका थिए । सचिन बाहेक हेमन्त धामी र यूवराज खत्रीले समान २–२ विकेट लिए ।

१ सय ३ रनको झिनो लक्ष्य पाएको सूदुरले २६ ओभरमा ५ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो । सूदुरका आशिष लु्हारले ३९ रन बनाउँदा यूवराज खत्रीले नटआउट २७ रन र नरेन राउदले नटआउट २० रनको योगदान दिए । गण्डकीका अपराजित पौडेलले ३ विकेट लिँदा किरण भट्टराई र सिब्रिन श्रेष्ठले १–१ विकेट दिए । सूदुरले ३ खेलमा २ मा जित हात पार्दै ४ अंककासाथ दोस्रो स्थानमा उक्लिएको छ भने गण्डकीले खेलेको ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै नेट रन रेटको आधारमा तेस्रो स्थानमा झरेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा लुम्विनीले वागमती प्रदेशलाई १ सय २ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लुम्विनीले निर्धारित ५० ओभरमा ७ विकेट गु्माई २ सय ७८ रन बनायो । यो स्कोर यस प्रतियोगिताको उच्च स्कोर हो यस अघि उच्च स्कोर वागमतीले गण्डकीविरुद्ध २ सय २९ रन बनाएको थियो । लुम्विनीका आकाश त्रिपाथीले ७७ रन बनाउँदा सन्तोष यादवले ६३ रन र दिल्साद अलीले नटआउट ५४ रन बनाए । वागमतीका दयानन्द मण्डल र दिनेश विष्टले २–२ विकेट लिए ।

२ सय ७९ रनको विजयी लक्ष्य पाएको वागमतीले ४४ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १ सय ७६ रन मात्रै बनाउन सक्यो । वागमतीका रोशन विश्वकर्माले अविजित ७३ रन बनाउँदा सुर्यान्सु कोइरालाले ३२ रन र राजेश वोहराले २१ रनको योगदान दिए । लुम्विनीका सन्तोष यादवले ३ विकेट लिँदा आकाश त्रिपाथीले पनि ३ विकेट दिए । यादवले १० ओभर वलिङ गर्दै २ मेडन ओभर गर्दै २४ रन मात्र दिए भने त्रिपाथीले ७ दशमलव ४ बलमा ३३ रन दिएएका थिए । खेलको प्लेयर अफ द म्याच त्रिपाथी घोषित भए । लुम्विनीले खेलेको ४ खेलमै अपराजित हुँदै ८ अंकका साथ शिर्ष स्थान यथावत रहेको छ भने वागमतीले खेलेको ३ खेलमा १ खेलमा जित र २ खेलमा पराजित हुँदै २ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

शुक्रबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा मधेश र सूदुरपश्चिम प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।