विराटनगरमा जारी वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटको फाइनलमा लुम्विनी , कोशी प्रतियोगिताबाट बाहिरियो

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र वागमती प्रदेशले विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा लुम्विनीले लगातार ५ खेलमा जित हात पार्दै एक खेल अगाडी नै फाइनलमा प्रवेश गरेको छ भने वागमतीले कोशीलाई पराजित गर्दै फाइनलमा पुग्ने आशालाई जिवितै राखेको छ ।

बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा वागमतीले कोशी प्रदेशलाई ७० रनले पराजित गरेको छ । पराजित भएसँगै कोशीको फाइनल यात्रा समाप्त भएको छ ।

टस जितेर ब्याटिङ गरेको वागमतीले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय ८१ रनको सामान्य योगफल बनायो । वागमतीका शार्थक धितालले ३५ रन बनाउँनु उत्तम मगरले पनि ३५ रन बनाए । काशीका प्रतिक पोखरेलले ३ विकेट लिँदा प्रेम कामतले पनि ३ विकेट लिए ।

१ सय ८१ रनको लक्ष्य पाएको कोशीले २९ दशमलव ५ बलमा सवै विकेट गुमाउँदै १ सय ११ रनमा सिमित भयो । कोशीका सोनु अन्सारीले ३० रन बनाउँदा क्रितिक कामतले २६ रन जोडे । वागमतीको प्लेयर अफ म्याच दिपक सेरलाले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै २० रन दिए । वागमतीले ४ खेलमा २ मा जित हात पार्दै तेस्रो स्थानमा उक्लिएको छ भने कोशीले खेलेको ५ खेलमा १ मा जित र ५ खेलमा पराजित हुँदै छैठौ स्थानमा रहेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा लुम्विनीले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । आज विहान पानी परेका कारणले २७ ओभरमा छोट्याएको खेलमा टस जितेर ब्याटिङ गरेको गण्डकीले ९ विकेट गु्माई ८६ रन बनायो । गण्डकीका सोहेल कुवँरले सर्वाधिक २५ रनको योगदान दिए । लुम्विनीका सन्तोष यादवले ३ विकेट लिँदा आकाश त्रिपाथीले पनि ३ विकेट लिए ।

८७ रनको विजयी लक्ष्य पाएको लुम्विनीले २२ दशमलव ४ बलमा ५ विकेट गुमाउँदै पार गरेको थियो । लुम्विनीका सन्तोष यादवले सर्वाधिक नटआउट ४४ रन बनाए । गण्डकीका अपरित पौडेल र सिब्रीन श्रेष्ठले २–२ विकेट लिए । प्लेयर अफ द म्याच लुम्विनीका अलराउण्डर खेलाडी सन्तोष यादव घोषित भए । गण्डकीले खेलेको ५ खेलमा जित्दै निकाल्दै १० अंकका साथ पहिलो स्थानमा रहेर फाइनलको यात्रा तय गरेको छ भने गण्डकीले खेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथमा चौथो स्थानमा छरेको छ ।

आइतबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा सूदुरपीशचम र वागमती प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा गण्डकी र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।