विश्वकप लिग–२ मा आज नेपालले स्कटल्याण्डसँग खेल्दै
काठमाडौं । आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज सोमबार नेपालले स्कटल्याण्डसँग खेल्दै छ ।
खेल सोमबार राति १०ः१५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुनेछ । सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ । अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित हुन पुग्यो ।
सिरिज अन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्डमाथि भने नेपालले पाँच विकेटको जित निकालेको छ । लिग–२ मा अङ्क बनाउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।


