विराटनगरमा जारी वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटमा सूदुरपश्चिम र कर्णालीलाई सफलता

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली र सूदुरपश्चिम प्रदेशले विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभरमा सवै विकेट गुमाई १ सय ३३ रनको योगफल बनायो । कर्णालीका हिरालाल चनराले ४५ रन बनाउँदा मनिस थापाले २२ रन र यूनिस ठकुरीले २१ रनको योगदान दिए । मधेशका राजेश यादवले ४ विकेट लिँदा अफ्रुदिन रैनले ३ विकेट लिए ।

१ सय ३४ रनको लक्ष्य पाएको मधेशले २७ दशमलव २ बलमा सवै विकेट गुमाई ८६ रनमा सिमित हुन पुग्यो । मधेशका मयन यादवले १५, जितेश मण्डलले १३ रनको योगदान दिए । कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिँदा यूनिस ठकुरीले ३ विकेट लिए । कर्णालीले खेलेको ५ खेलमा १ मा जित हात पार्दै २ अंककासाथ अन्तिम स्थानमा रहेको छ भने मधेशले खेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा सूदुरसँग कोशी प्रदेशले १ सय २३ रनको लज्जापद पराजित भोगेको छ । टस जितेर ब्याटिङ गरेको सूदुरले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ४ बलमा सवै विकेट गु्माई १ सय ८३ रन बनायो । सूदुरका सूवराज खत्रीले ४४ रन बनाउँदा अविशेक थापाले ३७ रन र नरेन भट्टले २४ रन बनाए । कोशीका सौजन घिमिरेले ४ विकेट लिँदा विपिन महतोले २ विकेट लिए ।

१ सय ८४ रनको विजयी लक्ष्य पाएको कोशीले २२ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ६० रनमा खुम्चियो । कोशीका सौजन घिमिरेले २६ रन बनाउँदा आशिष मगरले १३ रन बाहेक अरु ब्याटर चल्न नसक्दा लिगको अन्तिम खेलमा लज्जास्पद पराजय हुन पुग्यो । सूदुरका प्लेयर अफ द म्याच सचिन भट्टले ५ विकेट लिए । उनले ६ ओभरमा २ मेडन राख्दै ७ रन मात्र दिए त्यस्तै नरेन भट्टले पनि ४ विकेट लिए । सूदुरले सवै ५ खेल खेल्दै ५ मा जित हात पार्दै १० अंककासाथ दोस्रो स्थानमा रहेको छ भने कोशीले खेलेको ६ खेलमा १ खेलमा जित र ५ खेलमा पराजित हुँदै २ अंकका पुछारबाट दोस्रो स्थानमा रहेकोे छ ।

मंगलबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्विनी र मधेश प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा वागमती र कर्णाली प्रदेशबीच अन्तिम लिग खेल हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।