नेपाल युएईसँग पराजित

काठमाडौं । नेपाल आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा युएईसँग पराजित भएको छ ।

दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई १३ रनले पराजित गरेको छ । शनिबार भएको खेलमा युएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन मात्र बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिङ गर्दै युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । खेलमा युएईले लगातार तेस्रो जित निकालेको छ ।

नेपालले तीन खेलमा दुई जीत र एक हार बेहोरेको छ । नेपालले आइतबार थाइल्याण्डसँग र युएईले कुवेतसँग खेल्ने छन् ।

प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक युएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनाका आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यु–१९महिला टी–२० विश्वकपको लागि छनोट हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।