प्रथम नेपाल हव महिला २०–२० क्रिकेटमा विराटनगर विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ ।

विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३ खेलको २०–२० क्रिकेटमा विराटनगरले २–० को अग्रता दिएको छ । अन्तिम खेल सोमबार हुने प्रतियोगिता हुने खेल संयोजक मन्दिप साहले बताए ।

आइतबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको दोस्रो खेलमा विराटनगरले राजविराजलाई ७० रनले पराजित गरि ३ खेलको सिरिजमा विराटनगरले ०–० को अग्रता लिएको हो । टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १२ रन बनाएको थियो । विराटनगरकालागि प्रिन्सा मगरले २८ रन बनाउँदा काजल राजवंशीले २० रन, टिका साहले १६ रन सानु राजवंशीले १२ रनको योगदान दिइन् । राजविराजकी अपेक्षा यादवले ३ विकेट लिँदा साक्षी यादवले पनि ३ विकेट लिइन् ।

१ सय १३ रनको विजयी लक्ष्य पाएको राजविराजले ९ दशमलव ५ बलमा सवै विकेट गुमाई ४२ रनमा सिमित भयो । राजविराजले अतिरिक्त २४ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । विराटनगरकी प्लेयर अफ म्याच टिका साहले ४ विकेट लिइन् । उनले १ दशमलव ५ बलमा २ रन दिएकी थिइन् । त्यस्तै सुवेक्षा लिम्बुले २ विकेट लिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।