प्रथम नेपाल हव महिला २०–२० क्रिकेटको अन्तिम खेलमा पाहुना टोली राजविराज विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा फाहुना टोली राजविराज विजयी भएको छ ।

अन्तिम खेलमा विजयी सँगै ३ खेलको २०–२० क्रिकेटमा राजविराज विराटनगरसँग २–१ ले सिरिज गुमाएको छ ।

सोमबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अन्तिम खेलमो राजविराजले घरेलु टोली विराटनगरलाई ८ विकेटले पराजित गरि ३ खेलको सिरिजमा २–१ ले सिसिज गुमाएको हो । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ९९ रनमा सिमित भयो । विराटनगरकालागि रानु राजवंशीले २२ रन बनाउँदा काजल राजवंशीले १० रनको योगदान दिइन् । राजविराजकी सुस्मिता यादवले २ विकेट लिँदा अपेक्षा यादव, दिपा राम र साक्षी यादवले १–१ विकेट लिइन् ।

१ सय रनको विजयी लक्ष्य पछ्याएको राजविराजले १७ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । राजविराजकी प्लेयर अफ म्याच साक्षी यादवले ५४ बलमा १ छक्का र ६ चौका प्रहार गर्दै अविजित ५६ रन बनाउँदा बन्दना यादवले अविजित ८ रनको योगदान दिइन् । विराटनगरकी सानु राजवंशीले १ विकेट लिइन् ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर राजविराजकी साक्षी यादव घोषित हुँदा उत्कृष्ट बलर राजविराजकी अपेक्षा यादव भइन् ।
विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेश क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ जिल्ला क्रिकेट सँघका अध्यक्ष महमद सादबावु कुरैसीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।