विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको दोश्रो जिल्ला झापाको विर्तामोडको युनाइटेड क्लबमा एक सय बढी खेलाडीमा सकिएको हो । झापा जिल्लाका बिभिन्न सहरबाट आएका युवा क्रिकेटरहरुको सहभागितामा उक्त ट्यालेन्ट हन्ट सम्पन्न भएको हो । ट्यालेन्ट हन्टमा टिमका क्रिकेट कोच लाक्पा लामा र दिपेन्द्र चौधरीले छानेका हुन् ।

झापाबाट उदयमान ५ जना खेलाडी छानिएका छन् । छानिएका खेलाडी सहित अन्य ३ जिल्लाका छानिएका खेलाडी विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गर्ने विराटनगर किंग्सका अपरेसन डाइरेक्टर दिपेन्द्र चौधरीले जानकारी दिए ।

यस अघि टिमले इलाममा पनि ट्यालेन्ट हन्ट सम्पन्न गरेको थियो । इलाम र झापा पछी कोशी प्रदेशको सुनसरी (जनता क्रिकेट ग्राउण्ड डि भी एम स्कुल इटहरी) मा कात्तिक २९ गते, उदयपुर (थारुहट रंगशाला गाईघाट) मा कात्तिक ३० गते ,मोरङ (मेरिलेबन विराटनगर ज्वाला क्रिकेट ग्राउण्ड विराटनगर) मा मङ्सिर २ गते उक्त ट्यालेन्ट हन्ट आयोजना हुनेछ । कोशी प्रदेश क्रिकेट एसोसिएसनको सहकार्यमा उक्त ट्यालेन्ट हन्ट आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

विराटनगर किंग्सको मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन् । ूकोशीको शान हाम्रो पहिचानू भन्ने नारा सहित टिम कोशीका उदयमान खेलाडीहरुको खोजीमा निस्किएको हो ।क्यानको आयोजनामा पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि पुष ६ गते (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म प्रतियोगिता हुन लागेको हो।

विराटनगर किंग्सको टिममा सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल रहेका छन भने मार्टिन गप्टिल, अकिब इल्यास, निकोलस किर्टोन, क्रिस सोल विदेशी खेलाडी रहेका छन्। त्यसैगरी मुख्य प्रशिक्षकको रुपमा केभिन ओ’ब्रायन रहेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।