अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानविरुद्ध नेपालको शानदार जित

काठमाडौँ – अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।

ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा आज साँझ भएको खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले हराएको हो ।

पहिलो हाफमा गोल गर्न नसकेको नेपालले दुवै गोल दोस्रो हाफ गरेको थियो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । डाँगीले ४६ औँ मिनेटमा नेपालका लागि सुन्दर गोल गरे ।

त्यस्तै खेलको ७८ औँ मिनेटमा रोहित चन्दले नेपालका लागि दोस्रो गोल गरे । फिफा वरियतामा अफगानिस्तान नेपालभन्दा २५ स्थानमाथि छ । पछिल्लो फिफा वरियतामा अफगानिस्तान १५१ औँ स्थानमा रहँदा नेपाल १७६ औँ स्थानमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।