विराटनगर किंग्सले सार्वजनिक गर्यो जर्सी र एन्थम

विराटनगर । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ ।

मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरमा एक भब्य समारोहकाबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, मार्की खेलाडी सन्दिप लामिछाने , टिम मालिक पारस लुनिया लगायतको उपस्थितिमा उक्त जर्सी सार्वजनिक गरिएको हो ।

जर्सिको कलर पहेँलो र निलो रहेको छ । जर्सी संगै कार्यक्रममा टिमको ऐन्थम गित समेत सार्वजनिक गरेको छ ।भ्वाइस अफ विराटनगर किंग्स तथा एम्बासिडर समेत रहेका कुशल पोखरेलले उक्त रचना तयार पारेका हुन् । विराटनगर किंग्सको गित र्याप फर्म्याटमा रहेको छ । यसका साथै विराटनगर किंग्सको फेसमा गायिका रचना रिमाललाई घोषणा गरिएको छ । पुर्बेली गायिका रिमाल क्रिकेटको ठुलो समर्थक हुन् ।

कार्यक्रममा भर्खरै नेपाली अन्डर १९ महिला क्रिकेट टिमलाई विश्वकप यात्रा दिलाउन सफल कोच महेश प्रसाद रिजाल र खेलाडी रिया शर्मालाई समेत सम्मानित गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका ५ जिल्लामा रहेका क्रिकेट संघहरुलाई क्रिकेट किट समेत प्रदान गरिएको थियो । ग्रासरुटका खेलाडीहरुको क्रिकेट विकासको लागि उक्त किट हस्तान्तरण गरिएको टिमका मालिक पारस लुनियाले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।