तिगेलाको प्रस्ताव : नेपाली भाषा भन्नुको सट्टा खस-जुम्ली,गोर्खा,पर्वते भाषा भनौ

धरान । गत १० नोभेम्बर २०२४ का दिन नेपाली भाषा साहित्यको खोजकर्ता विश्वास दीप तिगेलाले नेपाली भाषाको नाम खस-जुम्ली/गोर्खा/पर्वते राख्नुपर्ने र नेपाली साहित्यको परिभाषामा सुधार गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।

देशको नाम नेपाल भएकोले भाषाकै नाम पनि नेपाली राखिनुले समस्या भएको बताए । भाषा बाहूल्य बनेको खण्डमा भाषाबाट राज्यको नामाकरण हुनसक्ने तर राज्यको नामबाट औपनिवेशिकता लाद्न भाषाको नाम राखिन्दा अन्य भाषीहरुले भाषिक शोषणमा परेको खोजकर्ता तिगेलाले बताए । यो भाषाको उत्पति खोज्दै जादा खसान क्षेत्रबाट खस भाषाको रुपबाट शुरु भएको र खस भाषाको उपभाषा (डाईलेट) जुम्लेली, डोटेली, कुमाउनी लगायतका विकास भएको पाइन्छ तर खस भाषा अर्थात माउ भाषा आफैचाहि लोपउन्मुख अवस्थामा रहेको छ । भाषा वैज्ञानिक सर्वेक्षण २०१६ को फिल्ड अध्ययनले जुम्ली भाषा बोल्नेले अरुसँग कुरा गर्दा ७५ प्रतिशत नेपाली भाषाको प्रयोग गर्दछन भनिएको छ । तसर्थ तथ्यको आधारमा खस भित्रको जुम्ली डाईलेटसँग नेपाली भाषा मिल्ने देखिएकोले यसलाई खस-जुम्ली भाषा भनिनुपर्ने प्रस्ताव तिगेलाले गरेका छन भने इतिहासको विभिन्न कालखण्डमा विभिन्न नामले पुकारिने गरिएको पाईएको छ । वि. स. ११५०–१४५० सिंजाली भाषा, वि. स.१४५०–१८५० पर्वते भाषा, वि. स.१८५०–१९९० गोर्खाली भाषा, वि. स. १९९० पछि मात्र भाषाको नाम औचारिक रुपबाट नेपाली भन्न थालिएको पाइन्छ । अर्को इतिहास अनुसार वि. स. १९७७ (सन् १९२०) देखि नै दार्जिलिंगका सुधपाः सूर्यविक्रम ज्ञावली, धरणीधर कोईराला र पारासमणि प्रधानहरुको दबाबमा वि. स. १९८९ (सन् २०३२) मे महिनामा कलकता विश्वविद्यालयमा पढाईहुने विषयको नाम नेपाली राखियो । त्यसअघि नेपाली पहाडिया खसकुरा भनिन्थ्यो ।

यसरी भाषाको नाम नेपाली कायम भएपछि साच्चै बफादार नेपाली बन्न यहि नेपाली भाषा बोल्नु पर्दछ भन्ने अप्रत्येक्ष दबाब सिर्जना भयो, अर्थात यो भाषा नबोल्ने सच्चा नेपाली होइनन की भन्ने जस्ता भ्रम भयो । अन्य भाषा माथि नियोजन गरियो । तत्कालिन प्रधानमन्त्री चन्द्र शम्शेरले वि. स. १९६२ (सन् १९०५) मा नेपाली भाषामा बाहेक अन्य भाषामा लेखिएको डकूमेन्टहरु प्रसासन र अदालतहरुमा अमान्य हुने बनाए । यसर्थ भाषिक औपनिवेशिकरणबाट छुटकारा दिलाउन नेपाली भाषा भन्नुको सट्टा खसजुम्ली/गोर्खा/पर्वते भाषा भन्नु उपयुक्त रहेको तिगेलाले प्रस्ताव गरे ।

दोस्रो कारणः आदिम कालदेखि भारतीय भूमिमा बसोबास गर्ने भारतीय नागरिक जो नेपाली भाषा बोल्छन उनीहरु अपमान सहन बाँध्य भएका छन । दार्जिलिंग, सिक्किम, आसम आदि ठाँउका नेपाली भाषी दक्षिण भारत पुगेको बेला कुन भाषा बोल्छौ भनेर सोध्यो भने नेपाली भाषा बोल्छु भन्नै परयो तब त्यहाका स्थानीयले नेपालबाट आएको भनी बुझ्दछन, भारत अधिराज्यभर नेपालबाट अत्यधिक चौकीदार, भान्से लगायतमा जागिर गर्न गएका हुन्छन र दार्जिलिंग, सिक्किम, आसम तिरका भारतीय नेपाली भाषीलाई पनि कान्छा, बहादुर भनी अपमान सहनु पर्ने बाँध्यता छ । त्यो भाषाको नामको कारण हो त्यसैले भाषाको नाम नेपाली भन्नुको सट्टा खसजुम्ली/गोर्खा कायम गरियो भने भाषाको नामको कारण ब्यहोर्नु परेको अपमान समाप्त हुन्छ एकातिर भने नेपालमा पनि भाषिक औपनिवेशीकरण समाप्त हुनेछ तिगेलाले भने ।

तिगेलाले नेपाली साहित्यको परिभाषामा पनि सुधार गर्नुपर्ने दाबी पेश गरे । देवनागरिक लिपी प्रयोग गरेर नेपाली (खसजुम्ली) भाषामा लेखिएको साहित्य मात्र नेपाली साहित्य हो भन्ने अधिकास बुझाईलाई सच्चाईनुपर्ने बताए । ‘नेपाल भित्र बोलिने सबै (मातृभाषा सहित) भाषाहरुको साहित्य तथा विभिन्न भूगोलमा रहेका, नेपाली पहिचान भएका र नेपाली परिचयमा गौरव गर्नेले खसजुम्ली वा आफ्नो मातृभाषामा लेखेको साहित्य नेपाली साहित्य हो भन्ने भाष्य कायम गर्नुपर्ने बताए ।

आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ यूकेले आयोजना गरेको कार्यक्रममा तिगेलाले भाषा आयोगमा नामाङ्कनबारे सुझाव दिनुपर्ने बताए । अन्तरक्रियामा कियाचु नेपालका उपमहासचिव डा. योगेन्द्र पालुङ्वा, नेपाल आदिवासी जनजाति महासङ्घ धरान अध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङ, आदिवासी जनजाति युवा महासङ्घ धरान अध्यक्ष प्रतापसिङ योञ्जन तामाङ, सचिव समृत मादेन, लिम्बु विद्यार्थी मञ्चका महासचिव प्रदीप नेयोङ, कवि पराजित पोमु, साहित्यकार मणि राई गोठाले, कवि विशाल नाल्वो, याक्थुङ युवा मञ्चकी हाङ्मा बेघा, पत्रकार याक्थुङ सा(निश्चल चेम्जोङ) सहभागी थिए । कार्यक्रम आयोजक सङ्गठन महासङ्घ यूकेका संयोजक अमित थेवेले सञ्चालन गरेका थिए ।

सोहि शिर्षकमा ११ नोभेम्बर २०२४ का दिन तमु धि पोखराको प्राङ्गणमा निक्कै ठूलो जमात माझ अन्तरक्रिया सम्पन्न भयो । तमु धी पोखरा आयोजक रहेको सो कार्यक्रमको मध्यस्थता अध्यक्ष हुम गुरुङले गर्नुभएको थियो । ब्यवस्थापन जगत गुरुङ, मनोज घर्तिमगर र हितकाजी गुरुङले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।