विराटनगर किंग्सले छान्यो कोशी प्रदेशमा ट्यालेन्ट हन्टबाट ३ उदयमान खेलाडी

विराटनगर,मङ्सिर ६ । विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन जना उदीयमान खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सार्वजनिक गरिएको हो ।

किंग्सले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ ।

अब अन्तिम चरणको छनोटबाट यी तीनमध्ये एक जनाले एनपिएलमा विराटनगर किंग्सको प्रतिनिधित्व गर्न पाउने छन् ।

विराटनगर किंग्सले कोशी प्रदेशका इलाम, झापा, सुनसरी , उदयपुर र मोरङमा ट्यालेन्ट हन्ट गरेको थियो ।

विराटनगरको मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्राइन रहेका छन् । विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपीएल हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा विराटनगरसँगै, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।

विराटनगरले उद्घाटनकै दिन जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्नेछ ।

यस्तो छ विराटनगर किङ्स टोली :

सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।