एसिसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं, ११ मंशिर । नेपाल क्रिकेट संघ (क्यान)ले  एसिसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ ।

 

मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का, केन्द्रीय सदस्य दिवाकर घले लगायतले उनीहरूलाइ बिदाइ गरेका हुन्  ।

 

एसिया कप मंसिर १४ देखि २३ सम्म युएईमा हुँदैछ ।

 

समूह ‘बी’ मा नेपालसँगै अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले मंसिर १४ मा श्रीलंका, १६ मा बंगलादेश र १८ मा अफगानिस्ताको सामना गर्ने कार्यतालिका रहेकाे छ ।

 

क्यानले शक्ति गौचनलाई मुख्य र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

 

टोलीका मुख्य प्रशिक्षक गाैचन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने जानकारी दिए ।  ‘छोटो समयको अभ्यास भए पनि टोली सन्तुलित रहेकाे छ, मैदानमा उत्रिएपछि नतिजा के हुन्छ भन्न सकिँदैन, तर हामी उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेका छौं,’ गौचनले भने ।

 

नेपाली टोली
 

हेमन्त धामी(कप्तान), आकाश त्रिपाठी, उत्तम थापामगर, मायन यादव, नरेन साउद, अर्जुन कुमाल (उपकप्तान), युनिशव्रिकम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी, रञ्जित कुमार
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।