जनकपुरलाई विराटनगरले दियो १२८ रनको लक्ष्य

काठमाडाैं, मङ्सिर १५ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जितका लागि जनकपुर बोट्ल्सले विराटनगर किङ्सलाई एक सय २८ रनको लक्ष्य दिएको छ ।

 

त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनायो । 

 

विराटनगरका लागि मार्टिन गुप्टिलले अर्धसतकीय इनिङ्स खेलेका थिए भने ५५ रन बनाउनुभएका मार्टिनले ४३ बलमा सात चौका र एक छक्का हान्न सफल भए ।

 

अकिब इल्यासले १५ रन बनाउँदा ओपनर लोकेश बम पाँच रनमा आउट हुन पुगेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

 

बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिइरहदाँ किशोर महत्तो र हर्ष थाकेरले दुई दुई तथा मोहमद मोहसिन  र बेन माइकले एक विकेट लिएका थिए ।

 

पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोलीको सहभागिता रहेको छ । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।