सुदूरपश्चिमले पहिलो पावर प्लेमा ३ विकेट गुमाएर जाेडयाे ४३ रन

काठमाडौं, १८ मंसीर ।  सुदूरपश्चिम रोयल्यसले पहिलो पावर प्ले (सुरुआती ६ ओभर) मा तीन विकेट गुमाएर ४३ रन बनाएको छ ।

 

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा सुदूरपश्चिमले पहिलो पावरप्ले (सुरुआती ६ ओभर) मा तीन विकेट गुमाएर ४३ रन बनाएको हाे ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिको निम्तो पाएको सुदूरपश्चिमका लागि ब्रेन्डन म्याकमुलन सात र  सेफ जैब एक रन बनाएर खेलिरहेका छन् । विराटनगरका लागि इस्मत आलम, अनिल खरेल र बसिर अहमदले समान एक विकेट लिए ।

 

दोस्रो ओभरको अन्तिम बलमा इस्मत आलमले ओपनर अमित श्रेष्ठलाई व्यक्तिगत एक रनमा मार्टिन गप्टिलबाट क्याच गराए । पाँचौं ओभरको चौथो बलमा अनिल खरेलले विराटनगरलाई दोस्रो सफलता दिलाए । २० बलमा चार चौकाको मद्दतले २३ रन बनाएर खेलिरहेका विनोद भण्डारी प्रतिश जिसीबाट क्याच हुँदै पेभेलियन फर्किए ।

 

छैटौं ओभरको चौथो बलमा बसिर अहमदले आरिफ शेखलाई व्यक्तिगत ९ रनमा निकोलस किर्टनबाट क्याच गराए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।