एनपीएल : आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुईवटा खेल हुँदै छन् । आजको तालिकाअनुसार पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुँदैछ । यो खेल आज बिहान ९ बजेदेखि सुरु हुनेछ ।

अंक तालिकामा सातौ स्थानको पोखरा र आठौं स्थानमा रहेका विराटनगर किंग्सबीच हुने खेलको विजेता बन्ने टोलीले प्लेअफको सम्भावना कायम राख्दा पराजित हुने टोली प्रतियोगिताबाटै बाहिरिने दोस्रो टोली बन्नेछ ।

यसअघि लुम्बिनी लायन्स प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो । पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो । तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो ।

आजको दोस्रो खेलमा करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाजले अनिलकुमार शाहको नेतृत्वमा रहेको टोली जनकपुर बोल्ट्सको सामना गर्दैछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

पाँच खेल चार जित र एक हारसहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा छ । जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो । तर, पछिल्लो खेलमा सुदूरपश्चिम लायन्ससँग भने पराजित भएको थियो ।

चार खेलमा दुईमा हार र दुईमा जितका साथ काठमाडौं तालिकाको पाँचौ स्थानमा छ । यो खेलमा जित हात पार्दै काठमाडौं प्लेअफ सम्भावना बलियो बनाउन चाहान्छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल पुस ६ गते सम्म चल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।