विराटनगर महानगरको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

विराटनगरस्थित शहीद रंगशालामा आयोजित विशेष समारोहमा महानगरस्तरीय प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरस्थित पोखरिया माविको समन्वयमा भएको समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले पालिकास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्ला, प्रदेश हुँदै केन्द्रीयस्तरको प्रतियोगितामा सहभागिता जनाउने उल्लेख गर्नुभयो ।

मेयर कोइरालाले भन्नुभयो, ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलाडी उत्पादन गर्ने एउटा कारखाना पनि हो । यहींबाट छनौट भएर भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलाडी उत्पादन हुन्छन् ।’ उहाँले प्रतियोगिताले विद्यार्थी–विद्यार्थीबीच र विद्यालय–विद्यालयबीच प्रतिस्पर्धी क्षमताको विकास गर्दै सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने दाबी गर्नुभयो । कोइरालाले खेलकुदले मानिसलाई स्वस्थ जीवनयापनसँगै अनुशासित बनाउने धारणा राख्नुभयो । उहाँले आर्थिक र आणविक रुपमा जस्तोसुकै शक्तिशाली मुलुकलाई पनि खेलकुदका माध्यबाट परास्त गर्न सकिने दाबी गर्नुभयो ।

महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, १० का अर्जुन गिरीलगायतको उपस्थितिमा भएको कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले विद्यालयदेखि नै खेलकुदमा अभिरुची बढाउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रतियोगिताले प्रतिस्पर्धी भावनाको विकाससँगै विद्यार्थीलाई अनुशासित बनाउने विचार प्रकट गर्नुभयो । पोखरिया माविका प्रधानाध्यापक खेम भट्टराईले पोखरिया माविलाई प्रतियोगिताको संयोजन गर्ने जिम्मेवारी दिएकोमा महानगरलाई धन्यवाद दिनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ३३ सामुदायिकसहित ६२ विद्यालयको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट गरी ४ विधाका ६६ वटा खेलमा १ हजार ४१८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने महानगरको शिक्षा महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । सो प्रतियोगितामा ११७ जना प्रशिक्षक र २१ जना खेल शिक्षकले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।