चितवनले दियो प्ले अफमा पुगेको जनकपुरलाइ १८१ रनको लक्ष्य

काठमाडौं । चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

नेपाल प्रिमियर लिग (एनपीएल) को जारी दोस्रो खेलमा चितवनले जनकपुरलाइ फराकिलो रनको लक्ष्य दिएको हो ।

 

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाउन सफल भएको थियो ।

 

चितवनका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले शतकीय साझेदारी गरेका छन, जस अनुसार ५५ रनमा ३ विकेट गुमाएको चितवनका मल्ल र बोपाराले तेस्रो विकेटका लागि ११३ रनको साझेदारी गर्न सफल भए ।  मल्लले ४१ बलमा ३ चौका र ७ छक्कासहित ७२ रन प्रहार गरेका थिए भने बोपाराले ४४ रन जम्मा गर्न सफल भए । चितनवका हसन एइसाखिलले २८, विपिन रावतले ३, सन्तोष कार्कीले १४ र सोहिल तानविरले ५ रन बनाएका थिए ।

 

बलिङमा जनकपुरका ललित राजवंशीले दुई, हर्ष थोकर, मोहम्मद मोहसिन र जिमी निशमले एक एक विकेट लिएका थिए । यसअघि नै प्ले अफमा सुरक्षित स्थान बनाएको जनकपुरले चितवनलाइ पराजित गर्न सकेमा उसको यो पाँचौ जीत हुनेछ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।