वाम एकतामा प्रगतिशिल लेखक संघको जोड, महोत्तरीमा नया नेतृत्व चयन

महोत्तरी, २४ पुस ।  सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ ।

 

संघका केन्द्रिय अध्यक्ष मधुसुदन गिरिले  २२ औ राष्ट्रिय सम्मेलनले समेत कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्ने निष्कर्ष निकालेको बताउदै प्रगतिशील लेखकहरुको त्यसैमा जोड रहेको बताए ।

 

लेखक संघ महोत्तरीको चौथो जिल्ला अधिवेशनमा सहभागी हुन आईपुगेका अध्यक्ष गिरिले कम्युनिष्ट पार्टीहरु बर्ग शत्रु जस्तो देखिए तापनी प्रगतिशिल लेखक संघ वाम विचारधारा बाेक्ने सवै लेखकहरुको साझा थलो भएको जिकिर गरेका छन् ।

 

वाम विचार वोक्नेहरु एकै ठाउँमा हुनुपर्छ भन्ने लेखक संघ आफै महत्वपूर्ण एजेण्डा वनेर उभिएको वताउदै  नेकपा एमाले मधेश प्रदेश स्कुल विभाग प्रमुख संकर महतोले पनि प्रगतिशिल लेखकहरुको त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे ।

 

महोत्तरीको बर्दिवासमा भएको अधिवेशनले रामचन्द्र पौडेलको नेतृत्वमा १७  सदस्य निर्वाचित गरेको छ । 

 

निर्वाचित हुनेहरुमा उपाध्यक्षमा निरोज अधिकारी, समावेशी उपाध्यक्षमा सानुमाया पुलामी, विमला बिस्वकर्मा, सचिवमा नारद  प्रसाद काफ्ले, स-सचिवमा विशाल बस्नेत, कोषाध्यक्षमा जिवनराज दाहाल र सदस्यहरुमा सुशिल यादव, रन्जन भण्डारी, पवन वाग्ले, यसोदा श्रेष्ठ, श्याम यादव, प्रतिमा पौडेल  निर्वाचित भएका छन ।

 

नवनिर्वाचित कार्यसमितिहरुलाई वधाई र सुभकामना दिदै प्रगतिशिल सोच र व्यवहारलाई थप विकास गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने अथितिहरुले विस्वास व्यक्त गरे ।

 

अधिवेशनको खुल्लासत्रमा प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य जीवन स्पर्शी, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्की, उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खड्का लगायतले मनतव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।