रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा

काठमाडौं, ३ माघ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अदालत परिसमा नै मुक्का बजारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आफ्नो असली रूप देखाएका बताएका छन ।

 

बुधबार काठमाडौं जिल्ला अदालतमा सो पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दामा उनी विरुद्धमा बहस गरेको भन्दै अदालत परिसमा नै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आक्रमण गरेको घटनाको बास्कोटाले निन्दा गरेका हुन ।

 

‘न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन, माइक टाइसन भन्दा तीनगुणा बलशाली रहेको प्रमाणित भयो’, सामाजिक सञ्जाल फेसबुकमा बास्कोटाले लेखेका छन ।

लामिछानेका अझै तीनवाटा जिल्लामा सहकारी ठगीका मुद्दा बाँकी नै रहेकाले त्यहाँसम्म चाहर्दा कति वकिलका कालो कोट च्यातिने हुन् भन्दै उनले प्रश्न गरेका छन ।  ‘अझै तीन परिसर चाहर्न बाँकी छ जस्तो छ, कति काला कोट धुजा धुजा हुने हुन, टेलर्स, मिडिया, मेडिकल, मस्म, मकै सबै चल्ने भए, बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?’ बाँस्कोटाले लेखेका छन ।

 

सहकारी ठगी मुद्दामा लामिछानेलाई कास्की जिल्ला अदालतले गत बिहीबार ६५ लाख रुपैँया धरौटीमा छाडेको थियो भने बुधबार मात्र काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैँया धरौटीमा छाडेको छ । 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।