आमूल परिवर्तन नागरिक पार्टी प्रदेश संयोजकमा लिम्बू चयन

सुनसरी । आमूल परिवर्तन नागरिक पार्टीले धार्मिक तथा अल्पसंख्यकहरुकाे राजनीतिमा सहभागिता तथा देशकाे वर्तमान अवस्था विषयक अन्तरक्रिया तथा १ नं प्रदेश स्तरीय कार्यकर्ता भेला धरान स्थित होटल स्टार पूर्वीमा सम्पन्न गरेकाे छ ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता कमला हेमचरीले धार्मिक अल्पसंख्यक तथा सीमान्तकृतहरुको वर्तमान अवस्था र राजनैतिक पहुँचबारे कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ।
उहाँले कार्यपत्र प्रस्तुत गरेपछि अन्तरकृया सम्पन्न गरि तेह्रथुमका देबेन्द्र कुमार लिम्बुकाे संयाेजकत्त्वमा १५ सदस्यीय प्रदेश नं १ काे तदर्थ समिति समेत चयन गरेकाे छ । समितिकाे सहसंयाेजकमा निमा तामाङ (झापा), सचिवमा लालबहादुर मगर(उदयपुर), सदस्यहरुमा ओवेद चौधरी (माेरङ), रोशन सेन्चुरी(खाेटाङ),ललिता मोची (झापा),धनराज राई(खाेटाङ),देवनन्द खत्री (सुनसरी),चम्फा कार्की (माेरङ),सृजना सिलवाल विक(खाेटाङ),सरिता थापा मगर(माेरङ),पावल धिमाल (माेरङ),दिल बहादुर नेपाली (धनकुटा),सिद्धि चौधरी(उदयपुर) र वकील दर्जी(संखुवासभा) रहेका छन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष दलमर्दन कामीले हाम्रो पार्टीले हिजोको पार्टीहरुले जस्तो धोखाधडी नगर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयाे । हामी उत्पीडनमा परेका जाति,धार्मिक एवम् अल्पसंख्यकहरुको बारेमा वकलत गर्नेछौं । याे पार्टी उत्पीडितहरुकाे पार्टी हाे । हामी आत्मा र सत्यताकाे राजनीति गरिरहेका छाैं । अरु पार्टीहरु जस्ताे भ्रष्ट र दलालहरुकाे पार्टी हैन याे उहाँले भन्नू भयाे ।

कार्यक्रमका प्रमुख वक्ता तथा विशिष्ट अतिथि डा.शमूएल संग्राम राईले भन्नु भयाे अब ख्रिष्टियनहरु पनि एक ठाउँमा आउँदैछन् र अनिवार्य आउन पर्छ । उहाँले उत्पीडित तथा धार्मिक, अल्पसंख्यकहरुको पक्षमा डटेर लाग्नुहोस् म तपाईहरुको साथमा छु भन्ने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयाे ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष बलराम विश्वकर्मा, नेपाल ख्रिष्टियन पत्रकार संघको केन्द्रीय अध्यक्ष तारा लामगादे, पहिचानबादी मोर्चाका नेता जेन्टल लावती, नेपाल जनमुक्ति पार्टीका उपमहासचिव बिष्णु थामदेन, ख्रिष्टियन नागरिक संघका केन्द्रीय उपाध्यक्ष केशर बहादुर श्रेष्ठ, राजनीतिज्ञ एवम् समाजसेवी नेकपा एसका जिल्ला नेता राजेश भण्डारी लगायतले आफ्नो मन्तब्य राखि सम्बाेधन गरेका थिए ।

साे कार्यक्रममा पार्टी उपमहासचिव तथा युवा विभाग प्रमुख श्याम बहादुर राई,कोषाध्यक्ष देवेन्द्र कुमार लिम्बू,सचिव शशी कुमार वि. क, डीवि तामाङ,धरान उपमहानगर कमिटीका अध्यक्ष केशव कालिकाेटे लगायतकाे उपस्थिति रहेकाे थियाे ।

पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा पार्टीका उपमहासचिव नरेश क्षितिजले स्वागत मन्तब्य राखेका थिए भने सचिव निमा शेर्पाले कार्यक्रम संचालन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।