बहुलराष्ट्र राज्यको स्थापना गर्न अब सबै लागौंः राजेन्द्र महतो

लहान, ५ माघ । बलिदानी दिवसको अवसरमा आज मधेश र देशको लागि ज्यानको आहुति दिने ज्ञात अज्ञात सम्पूर्ण वीर शहीदहरूको सम्झना गरिएको छ ।

 

लहानमा रहेको सहिदहरूको सालिकमा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले माला अर्पण गर्दै श्रद्धा सुमन व्यक्त गरेका छन। साथै, सहिद परिवारहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।

यस अवसरमा बोल्दै पूर्व उपप्रधानमन्त्री महतोले मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताए । ‘मधेशले एकल नश्लीय औपनिवेशिक शासन विरुद्ध बिद्रोह गरेको हो तर, उपनिवेशबाट मधेश अझै मुक्त हुन सकेको छैन। मधेसी जनताले बलिदानी दिए, कडा प्रतिरोध गरे तर पनि पूर्ण सफलता हात पार्न सकेका छैनन् । असफलतापछि संघर्षको रणनीति परिवर्तन गर्नुको सट्टा केही नेताहरूले सत्ता सामु आत्मसमर्पण गरेकाले दुर्भाग्य भएको छ,’ उनले भने ।

 

महतोले सहिदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकतामा जोड दिएका छन । उनका अनुसार मधेश मुक्तिको खाका तयार गर्दै बहुलराष्ट्र राज्यको स्थापना गर्न लागि पर्ने समय आएकोसमेत बताए । ‘यस प्रणालीमा सम्पूर्ण राष्ट्रविहीन राष्ट्रका जनताले अपनत्व महसुस गर्नेछन्। सबै भाषा र संस्कृतिको सम्मान हुनेछ,’ उनले भने ।

महतोले मधेसी, थारु, पहाडका आदिवासी जनजाति, उत्पीडित खस, मुस्लिम र दलित लगायत सम्पूर्ण समुदायको सभ्यता र संस्कृतिको रक्षा गर्दै सुशासन र समृद्धिको लागि एकजुट भएर संघर्ष गर्न अपिलसमेत गरेका छन । ‘सत्ताको लोभले सहिदको सपना पूरा हुँदैन। यो जनतालाई ढाँट्नु बाहेक अरु केही होइन। सहिदहरूको प्रति सच्चा श्रद्धाञ्जलि दिन सम्पूर्ण नेपाली जनता एक भई अन्तिम पटक संघर्ष गर्नुपर्छ।’

 

कार्यक्रममा सहिद परिवारहरूले सहिदहरूको सम्मानप्रति कृतज्ञता व्यक्त गरेका थिए। बलिदानी दिवसको यो अवसरले मधेशको स्वतन्त्रता र अधिकारप्राप्तिका लागि संघर्षलाई पुनः सशक्त बनाउने सन्देश दिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।