प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढल्छ भन्ने कल्पना पनि गर्न सकिँदैनः एमाले नेता राई

काठमाडौं, ६ माघ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री राजेन्द्र राईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन् ।

आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार आफ्नो उद्देश्य प्राप्तिका लागि अगाडि बढिरहेको र यो संसद्को पूरै अवधि टिक्ने बताएका हुन् । वर्तमान सरकारलाई संसद्को अंक गणितको पनि कुनै समस्या नरहेको र जनताले पनि यसलाई आशा र भरोसाको रुपमा लिइरहेको नेता राईको दाबी छ ।

‘यो सरकार ढलिहाल्छ भन्ने म कल्पना पनि गर्न सक्दिनँ । निश्चित उद्देश्यलाई पूरा गर्नका निम्ति यो सरकार बनेको हो । अहिले छ महिना भयो । उद्देश्यलाई पूरा गर्नका निम्ति कामहरु लगातार रुपमा गरिरहेको छ । अंक गणितको रुपमा पनि समस्या छैन । यो सरकारले जनताको आशा र भरोसा पुरा यो सरकारले मात्रै गर्छ भन्ने जनता विश्वासमा छन्,’– प्रतिनिधि सभा सदस्यसमेत रहेका राईले भने ।

साथै, आफूहरु सत्तारुढ दल कांग्रेससँगको सहमतिबाट एक इन्च पनि पछाडि नहटेको उनले बताए । सात बुँदे सहमतिकै गाइड लाइनमा आफूहरु अगाडि बढिरहेको उनले बताए । आगामी संसद् अधिवेशनमा संविधान संशोधनको एजेण्डाले प्रवेश पाउने उनले बताए । ‘हामीले कांग्रेससँग गरेको सहमतिबाट पछाडि फर्किँदैनौं । त्यसलाई नै गाइडलाइन मानेर हामी मुलुक चलाउने प्रयत्नमा छौं,’– उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖