संविधान संशोधन साना दल समाप्त पार्न होइन : उपसभापति गुरुङ

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधन साना दल समाप्त पार्न नभएको प्रष्ट पारेका छन्।

नेपाली कांग्रेसको सय दिने विशेष अभियानको आइतबार गल्याङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद गुरुङले कांग्रेस र एमालेबीच भएको संविधान संशोधनसहितको सातबुँदे सहमति साना दलाललाई समाप्त पार्न नभई देशको आर्थिक उन्नतिको लागि भएको बताए। सभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको सत्ता गठबन्धन संविधान संशोधन लागि हो । कुनै दलाललाई पाखा लगाउन होइन।’

२०८४ साल भित्र संविधान संशोधन हुने बताउँदै उनले कानुनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै संविधान संशोधन अति आवश्यक रहेको दोहोर्‍याए। कांग्रेस र एमालेले लिएको यो जिम्मेवारी अरुले लिन नसक्ने भन्दै कांग्रेस र एमालेबाट जिम्मेवारी गयो भने देश दुर्घटनामा फस्नेतर्फ संकेत गर्दै पूर्वमन्त्री गुरुङले कुनै पनि हालतमा सरकार नढल्ने जिकिर गरे।

गुरुङले कानुनको अभावमा देश पछाडि परेको भन्दै अब सबै मिलेर आर्थिक अभियानमा जुट्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।