नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शान्ता पाख्रिन सहित दर्जन नेता-कार्यकर्ता नेकपा एमालेमा

सिन्धुली । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शान्ता पाख्रिनसहित दर्जन नेता-कार्यकर्ता नेकपा (एमाले)मा समाहित भएका छन् ।

नेकपा (एमाले) सिन्धुलीको तीन महिने ‘पुराना जगाउँ, नयाँ बढाऊ’ अभियानको अभिमुखीकरण कार्यक्रमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शान्ता पाख्रिन र बाग्मती प्रदेश सदस्य गीता कटुवाल लगायत नेता कार्यकर्तालाई आज नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल र केन्द्रीय सदस्य एबम् जिल्ला इन्चार्ज मनोज जङ्ग थापाले स्वागत गर्नुभयो ।

यसैगरी नेकपा एसका जिल्ला कमिटी सचिवालय सदस्य एबं भूतपूर्व सैनिक सङ्गठन केन्द्रीय सचिव भरत कटुवाल, जिल्ला कमिटी सदस्य सम्झना कुमारी श्रेष्ठ र मायादेवी थापा, विजिता कटुवाल पनि नेकपा (एमाले)मा फर्किनुभएको छ ।

नवप्रवेसी नेताहरूले नेकपा एसको औचित्य सकिएको र देशमा एमालेको विकल्प नरहेको निष्कर्षसहित पुरानो घरमै फर्किएको बताउनुभएको छ ।
सो कार्यक्रममा केन्द्रीय सदस्यहरू गणेश कुमार पहाडी, बिषमलाल अधिकारी, कमलजंग राई, उमा कोइराला, निरु दर्लामी कुँवर, सुबास देवकोटा लगायत नेताहरू हुनुहुन्थ्यो ।

नेकपा (एमाले) बाग्मतीले ‘पुराना जगाउँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाउने बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।