जसपा नेपाल खोटाङ जिल्ला कार्यसमिति गठन, अध्यक्षमा राई
खोटाङ । जसपा नेपाल खोटाङ जिल्ला कार्यसमिति सुनिल चाम्लिङ राईको अध्यक्षतामा ३३ सदस्यीय समिति गठन भएको छ ।
उपाध्यक्ष गणेश खड्का, सचीव हंशराज राई, कोषाध्यक्ष शान्तिकला राई रहेका छन् ।
कार्यक्रममा जसप नेपाल सह अध्यक्ष पुर्बमन्त्री रकम चेम्जोङको प्रमुख अतिथ्यमा, विशेष अतिथि सचीव राज कुमार राई, केन्द्रिय कार्यकारिणी सदस्य सदस्य डा.के.के. राई, अतिथि प्रदेस १ अध्यक्ष दिपक याक्खा, नेता नविन राई, बिद्यार्थी नेता अन्जिलहाङ राई, खोटाङ काठमाडौ सम्पर्क समिति अध्यक्ष पिके वाङदेल लगायतको उपस्थिति रहेको थियो ।


