प्रधानमन्त्री ओली देश बनाउने मान्छे : शंकर पोखरेल

काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले देश बनाउने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन् । 

सोमबार दाङको तुलसीपुर–११ मालेडाँडामा श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उनले वर्तमान प्रधानमन्त्री केपी ओली देश बनाउने मान्छे भएको बताए । ‘देश बनाउने हो भने देश बनाउने मान्छेलाई प्रोत्साहन गर्नुपर्दछ, यो कुरा सुन्ने कुरा मात्रै होइन, काम गर्ने मानिसलाई सम्मान गर्नुपर्दछ’, उनले भने । पोखरेलले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताए । भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन उनले आग्रह गरे ।

विकासका हरेक काममा स्थानीय समुदायका भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पोखरेलले स्पष्ट पारे । स्थानीय समुदायले उचित प्रयोग र सदुपयोग गरेन भने सरकारले जति खर्च गरे पनि त्यो प्रभाकारी नहुने उनको भनाइ थियो । ‘राम्रो बनाउने कुरामा स्थानीय जनताकै महत्पूर्ण योगदान रहन्छ’, पोखरेलले भने ।

पोखरेलले पश्चिम दाङमा सबैभन्दा बढीले लिने नाम श्रीमणि आचार्य भएको र उनको सम्मानमा स्मृति पार्क बन्नु खुसीको कुरा भएको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।