प्रधानमन्त्रीसँगको प्रश्नोत्तरले विश्व हाँस्यो : सुदन किराती

काठमाडौं, ६ फागुन । माओवादी सांसद सुदन किरातीले प्रधानमन्त्री केपी ओलीसँगको सवाल(जवाफमा कुरूप चित्र देखेर दुनियाँ हाँसेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै किरातीले प्रधानमन्त्रीप्रति कटाक्ष गरेका हुन् । उनले सभामुख देवराज घिमिरेलाई पनि कटाक्ष गर्न बाँकी राखेनन् ।‘

ुकेही दिन पहिले प्रधानमन्त्रीसँगको सवाल(जवाफमा हाम्रो कुरूप चित्र देखेर दुनियाँ हाँस्यो, सायद सभामुख महोदयलाई पनि भित्रभित्रै लज्जाबोध भइरहेको होला,’ पूर्वमन्त्रीसमेत रहेका किरातीले भने।

गत आइतबार सांसदहरूले प्रधानमन्त्री केपी ओलीसँग सवाल(जवाफ गरेका थिए। त्यस क्रममा प्रधानमन्त्री ओलीले जवाफ दिनुको साटो प्रतिप्रश्न गरेका थिए भने सांसद प्रभु साहको प्रश्नको जवाफ नै दिएका थिएनन्।

किरातीले आज मुलुकलाई उच्च नैतिकता देखाउने नेतृत्वको आवश्यकता रहेको बताए । ‘आज मुलुकलाई अहंकार र अराजकता होइन, धैर्यता, संयता र उच्च नैतिकताको आवश्यकता परेको छ,’ उनले भनेका छन्। किरातीले सोमबार भारतको उडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे संसदमा बोल्न नपाएको, तर आज किन बोल्न दिइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖