मिडियाको अवस्था सुधारका लागि एमालेले बनायो समिति

विराटनगर,८ फागुन । कोशी प्रदेशमा सञ्चालनमा रहेका सञ्चार माध्ययमहरुको अवस्थाको अध्ययन र आवश्यक सुधारका लागि नेकपा (एमाले) ले समिति गठन गरेको छ । समितिले प्रदेशभीत्र रहेका मिडिया हाउसको दिगो विकास र मिडियाकर्मीहरुको सुरक्षा तथा व्यवसायिकताका विषयमा सुझाव पेश गर्नेछ ।

विहिबार विराटनगरमा सम्पन्न नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको दोस्रो बैठकले प्रचार विभागका प्रमुख लक्ष्मण तिवारी, उपप्रमुख भीमज्वाला राई, सचिव यज्ञ शर्मा र सदस्यहरु मोहनकाजी न्यौपाने र सुमन पुरी रहेको पाँच सदस्यीय समिति गठन गरेको हो ।

कोशी प्रदेशमा ५ सय २९ पत्रपत्रिकाहरु र २ सय १६ अनलाईन डिजिटल पत्रिका रहेको तथ्याङकमा रहेको भएपनि त्यसको अवस्था र चुनौतिहरु के के रहेकाछन् र तिनलाई सुधारका लागि के गर्न सकिन्छ साथै ति सञ्चारमाध्ययमहरुमा काम गर्ने सञ्चारकर्मीहरुको अवस्था र भविष्यका बारेमा अध्ययन गरि प्रदेश सरकारका तर्फबाट गर्न सकिने प्रयासहरुका सम्बन्धमा सुझाव प्रस्तुत गरिने प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले बताउनु भयो ।

बैठकका प्रमुख अतिथि कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राईले सञ्चार माध्ययमहरुको पछिल्लो अवस्था राम्रो नभएको र तिनको विकासमा पार्टी र प्रदेश सरकारले गर्नुपर्ने दायित्वबाट सरकार र पार्टी पछि नहट्ने र आवश्यक सुधारको काममा सधैं तयार रहने बताउनुभयो ।

बैठकमा अनलाईन मिडियाको कोशी प्रदेशको वर्तमान अवस्थाका बारेमा सुमन पुरी र प्रदेशको छापा माध्यमको बारेमा देवेन्द्र कार्कीले प्रस्तुत गर्नु भएको प्रारम्भिक प्रतिवेदनहरु उपर छलफल गरिएको थियो । बैठकले प्रदेशमा रहेका मिडियाहरु समाज र सिंगो प्रदेशकै साझा सम्पति रहेकाले त्यसको जगेर्नामा पार्टीले विशेष योजना ल्याउनेगरी छलफल भएको प्रचार विभागका उपप्रमुख भीमज्वाला राईले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।