पेरिसडाँडामा आज पत्रकार सम्मेलन गर्दै माओवादी

काठमाडौं, ९ फागुन । प्रमुख प्रतिपक्षी दल माओवादीले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

मुलुकमा पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रमबारे माओवादीले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बुझिएको छ । खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपछि अर्को सहायता कटौती गर्न थालेपछि नेपालका विकास परियोजना अवरुद्ध हुने खतरा देखिएको छ । युएसएआइडी सहयोग र एमसिसी परियोजना रोकिएको विषयमा माओवादीले आफ्नो कित्ता स्पष्ट पार्ने भएको छ ।

साथै, पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनले आफूलाई सहयोग गर्न गरेको आह्वानबारे माओवादीले आज पार्टीगत धारणा सार्वजनिक गर्ने एक नेताले बताए । सरकारले ल्याएका अध्यादेशका विषयमा पनि माओवादीले आफ्नो भनाइ सार्वजनिक गर्न लागेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖