आफ्नो सरकारले गरेका सुधार कार्य रोकिएको प्रचण्डको आरोप

सुनसरी, १५ फागुन । माओवादी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका सुधार कार्यहरूको कार्यान्वयन वर्तमान सरकारले रोकिरहेको आरोप लगाएका छन् ।

जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत सुनसरीको देवानगन्ज गाउँपालिकामा बिहीबार आयोजित कार्यक्रममा उनले आफ्नो पार्टी नेतृत्वको सरकारले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था देखिन थालेको दाबी गरे । उनले समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने गरेकोमा अब यसमा पनि समस्या आउन थालेको आरोप लगाए । 

आफू नेतृत्वको सरकारले नागरिकताविहीन नागरिकलाई नागरिकता दिन कानुन बनाए पनि अझै यसको प्रभावकारीरूपमा कार्यान्वयन हुन नसकेको गुनासो आफूले यसपटक तराई मधेसमा धेरै सुनेको उल्लेख गर्दै उनले मिटरब्याजपीडितको समस्या समाधानका लागि आफूहरूले कानुन बनाए पनि अहिलेको सरकार यो समस्या समाधान गर्न ध्यान नदिएको बताए । 

प्रचण्डले अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको, तर त्यो सम्भव नभएको बताए । संविधान संशोधनमार्फत जनताको अधिकार खोस्न खोजे पनि यो उनीहरूका लागि सपना मात्रै भएको र जनताको तागतले यसलाई रोक्ने उल्लेख गर्दै उनले लाखौं जनता एक ठाउँमा उभिने हो भने भ्रष्टाचारको अन्त्य गरी समाजवादी क्रान्ति अघि बढाउन सकिने दाबी गरे ।

मधेशको ठूलो सम्भावना भनेकै कृषिमा रहेको उल्लेख गर्दै उनले कृषि पेन्सन, कृषि बीमा, ठाउँठाउँमा शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने र यसका लागि आफ्नो पार्टीले पहल गर्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।