विपक्षीले मागे बागमती प्रदेशका सहकारी मन्त्री श्रेष्ठको राजीनामा

काठमाडौं, १५ फागुन । विपक्षी तीन दलले बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठको राजीनामा मागेका छन् । स्वकीय सचिव रवि थापाको मृत्युको बिषयलाई लिएर प्रदेशमा प्रतिपक्षीमा रहेका तीन दलले मन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले विज्ञप्तिमार्फत घटनाको निष्पक्ष छानविनका लागि सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग अघि सारेका छन् ।

मन्त्री श्रेष्ठका स्वकीय सचिव धादिङका थापाले १३ फागुनमा काठमाडौंको कलंकीस्थित साथीको घरमा मृत फेला परेका थिए । उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थापाले सुसाइड नोटमा सुमेरु सहकारीसम्बन्धी सार्वजनिक भएको अडियोमा मन्त्री श्रेष्ठको नाम आएको र उनको आत्महत्या बाध्यात्मक परिस्थितिमा भएको देखिएकाले मन्त्री श्रेष्ठले राजीनामा दिएर छानविनमा सघाउनुपर्ने माओवादी, राप्रपा र एकीकृत समाजवादीको माग छ ।

‘स्वकीय सचिवको मृत्युपछि बाहिरिएको अडियो र सुसाइड नोटमा सहकारी मन्त्रीलगायत अन्य नेताहरुकोसमेत नाम सुनिएको छ । बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आसयका समाचारहरु पनि आएका छन् । यसकारण मन्त्रीज्यूले राजीनामा दिएर छानविनमा मार्गप्रशस्त गर्नुपर्छ,’ तीन दलको विज्ञप्तिमा उल्लेख छ ।

घटनाको विषयमा गम्भीरतापूर्वक विचार गर्न माग गर्दै प्रतिपक्षी दलहरुले घटनाको प्रदेशस्तरमै छानविन गर्न संसदीय छानविन समितिसमेत बनाउन माग अघि सारेका छन् । ‘प्रदेश सभाको बैठक अविलम्ब सञ्चालन गरी स्वकीय सचिव थापाको मृत्युको छानविन गर्न सर्वदलीय संसदीय छानविन समिति निर्माण गर्न माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।