प्रकाशमान सिंह फेरि पनि कांग्रेसको सभापतिमा उठ्ने

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू फेरि पनि पार्टीको सभापति पदमा उठ्ने बताएका छन् । आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका सिंहले १५औं महाधिवेशनमा उठ्न सक्ने बताएका हुन् । १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएकाले अब त्यसभन्दा तलको पदमा दाबी नगर्ने उनको भनाइ छ ।

‘महामन्त्री र उपसभापतिसम्म भएँ, संसदीय दलको उपनेता पनि भएँ। अब संसदीय दल नेता, प्रधानमन्त्री र सभापति हुन बाँकी छ,’ उनले भने । २०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिंहले ३७१ मत ल्याएका थिए ।

पहिलो चरणको मतदानबाट कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः मतदान गरिएको थियो। दोस्रो चरणको मतदानमा सिंहले अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए। कांग्रेसमा सिंहको गुट त्यति प्रभावकारी मानिँदैन । तर पनि गणेशमान सिंहको विरासत बोकेकाले पनि उनलाई कांग्रेस नेता कार्यकर्ताले सम्मान दिँदै आएका छन् ।

कांग्रेसमा सिंहसहित शशांक कोइराला र विमलेन्द्र निधिलाई विरासत बोकेका नेता मानिन्छ । तीनैजनाले एक वर्षअघिदेखि १५औं महाधिवेशनलाई लक्षित गर्दै लञ्च मिटिङ गर्दै आएका छन् । तीनैजनाको सभापति पदमा उठ्ने चाहना देखिन्छ । तर निधिले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । शशांक र सिंहले सभापतिमा उठ्ने चाहना सार्वजनिक गरिसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।